अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन आजदेखि
नवलपुर,मंसिर ३ । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि शुरु हुँदैछ ।
समाजका महासचिव शिवकुमार बाँस्कोटाले आजदेखि पर्सि ५ गतेसम्म सम्मेलन चल्ने बताउनुभयो । अन्तरराष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताउनुभयो ।
हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा पर्वतीय क्षेत्रको दिगो विकाससम्बन्धी वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति, सातवटा मुख्य सत्र, पाँचवटा विशेष वैज्ञानिक सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था, व्यावसायिक तथा प्राज्ञिक समाजका प्रतिनिधिको सहभागिता रहने समाजले जनाएको छ ।
सम्मेलनले हिमालय क्षेत्रको भूगर्भीय अनुसन्धानलाई थप सुदृढ बनाउनाका साथै भू–विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, खनिज तथा प्राकृतिक स्रोतको दिगो उपयोग र नीतिगत निर्णय प्रक्रियामा वैज्ञानिक ज्ञानको प्रभावकारी उपयोगमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ ।

मकवानपुरको भीमफेदीमा जीप दुर्घटनाः३ जनाको ज्यान गयो, ७ जना घाइते
नवलपुर, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते

काठमाण्डौ– तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत काम सम्पन्न
नवलपुर,मंसिर ३ । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । मकवानपुरको भीमफेदी र बकैया

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर
नवलपुर,मंसिर ३ । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै



.2026-11-12-06-40-08.jpeg)





प्रतिकृया दिनुहोस