काठमाण्डौ– तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत काम सम्पन्न
नवलपुर,मंसिर ३ । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माण भइरहेको द्रुतमार्ग अन्तर्गतको तीन हजार ४५४ मिटर लामो महादेवटारमा दुवैतर्फबाट खनिएको सुरुङ हिजो जोडिएको छ ।
सुरुङ छिचोलिएको कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिनुभयो । नेपाली सेनाका अनुसार द्रुत मार्गअन्तर्गत सात ठाउँमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका छवटा सुरुङ खन्ने काम सम्पन्न भएको छ ।
अरु चार ठाउँका आठवटा सुरुङ निर्माणाधीन छन् । यसैबीच, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले द्रुतमार्गको निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले आयोजनाको काम निर्धारित समयभन्दा तीन वर्षभन्दा बढी ढिलो भएको हेर्न नसक्ने बताउनुभयो ।
निर्माणमा ढिलाइ गर्ने ठेकेदार कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने चेतावनी दिँदै उहाँले पटक–पटक अवसर र सुविधा दिँदा पनि अपेक्षित प्रगति नभए ठेक्का अन्त्य गर्न निर्देशन दिनुभयो । आउँदो जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति देखिनुपर्ने उहाँको भनाइ छ ।
आयोजनाअन्तर्गत ललितपुरको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या अझै बाँकी छ । ६ दशमलव ५ किलोमिटर खण्डको समस्या समाधानका लागि पहल भइरहेको र त्यसपछि ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढाइने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुरको भीमफेदीमा जीप दुर्घटनाः३ जनाको ज्यान गयो, ७ जना घाइते
नवलपुर, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते

अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन आजदेखि
नवलपुर,मंसिर ३ । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि शुरु हुँदैछ । समाजका महासचिव शिवकुमार बाँस्कोटाले आजदेखि पर्सि

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर
नवलपुर,मंसिर ३ । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै



.2026-11-12-06-40-08.jpeg)





प्रतिकृया दिनुहोस