-->

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग

Nawalpurfm

नवलपुर,असोज,२८ । जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मञ्च (डब्लुएसएफ)मा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कडा बनाउनुपर्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेलगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौताअन्तर्गत रुसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको  हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको हो ।

यसैबीच, रुसमाथि दबाब कायम राख्ने उद्देश्यले युरोपेली सङ्घ (ईयू) ले झण्डै  एक हजार ६०० रुसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ ।

बेलायतका विदेशमन्त्री एड मिलिबान्डले ईयूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कडा बनाउनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ ।  सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरु गरेयता रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ । 
 

प्रतिकृया दिनुहोस
Nawalpurfm

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प : भवन, पुल, सडकलगायतका संरचना भत्किए

नवलपुर,असोज २४ । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी पानामा शहरसम्म धक्का महसुस भएको छ भने

Nawalpurfm

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै

नवलपुर,असोज २४ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन हुँदैछ । यो

Nawalpurfm

भारतको नयाँ दिल्लीमा प्रदर्शनअघि २० हजारभन्दा धेरै प्रहरी तैनाथ

नवलपुर,असोज २३ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिवार हुने प्रदर्शनअघि

↑