-->

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै

Nawalpurfm

नवलपुर,असोज २४ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन हुँदैछ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च पासको आह्वान गरेको हो । यो समूहले यसअघि जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो ।

भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो ।

आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।

प्रदर्शनअघि शहरका प्रमुख सडकमा अवरोधक राखिएको छ र जन्तरमन्तरमा आवागमन रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले ¥याली गर्न अनुमति दिएको छैन ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प : भवन, पुल, सडकलगायतका संरचना भत्किए

नवलपुर,असोज २४ । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी पानामा शहरसम्म धक्का महसुस भएको छ भने

Nawalpurfm

भारतको नयाँ दिल्लीमा प्रदर्शनअघि २० हजारभन्दा धेरै प्रहरी तैनाथ

नवलपुर,असोज २३ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिवार हुने प्रदर्शनअघि

Nawalpurfm

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

नवलपुर,असोज २३ । मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको

↑