-->

भारतको नयाँ दिल्लीमा प्रदर्शनअघि २० हजारभन्दा धेरै प्रहरी तैनाथ

Nawalpurfm

नवलपुर,असोज २३ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिवार हुने प्रदर्शनअघि राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ । यो समूहले यसअघि जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो ।

भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो ।

आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ९भाजपा० लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।

विरोध प्रदर्शनमा प्रमुख विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीसहित अरू नेताहरू सहभागी हुँदै आएका छन् । यसै हप्ता प्रदर्शनका क्रममा गान्धीलाई प्रहरीले केही समय हिरासतमा समेत लिएको थियो ।

प्रदर्शनअघि शहरका प्रमुख सडकमा पहेँलो धातुका अवरोधक राखिएको छ र जन्तरमन्तरमा आवागमन प्रतिबन्धित गरिएको छ । प्रहरीले यो ठाउँमा र्‍याली गर्न अनुमति दिएको छैन ।

सीजेपीले आफ्ना स्वयंसेवक तथा समर्थकलाई प्रदर्शनअघि नै प्रहरीले हिरासतमा लिएको आरोप लगाएको छ । यस विषयमा प्रहरीले प्रतिक्रिया दिएको छैन ।

सीजेपीका कार्यकर्ता सौरभ दासले सामाजिक सञ्जालमा दिल्ली प्रहरी भाजपाको निजी सुरक्षादलजस्तै बनेको आरोप लगाउनुभएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

नवलपुर,असोज २३ । मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको

Nawalpurfm

भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

नवलपुर,असोज २२ । भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको आज बिहान गोवामा

Nawalpurfm

भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

नवलपुर,असोज २२ । भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको आज बिहान गोवामा

↑