रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो
नवलपुर,असोज २६ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ ।
ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटियो ।
रोहितले १०१ रनको योगदान दिए । यो सँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । रोहितले १२५ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो ।
यसअघि उहाँले त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाएका थिए । नेपालले शुरुवाती तीन विकेट छिट्टै गुमाएपछि रोहितले बसिर अहमदसँग चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे । बसिरले ३० रन जोडे । यस्तै गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाए ।
नेपालका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो । क्यानडाका अखिल कुमारले ४, सुखजिन्दर सिंहले ३ र जाहिद श्रीजादले २ विकेट लिए । २३६ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि आरोन जोहनसनले ४४, समित गोहेलले ३५ तथा अखिल कुमारले अविजित ३० रन बनाए ।
सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले समान दुई/दुई विकेट लिए । जितसँगै नेपालले लिग–२ मा ३३ खेलबाट १२ जितसहित २६ अङ्क जोडेको छ ।
नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने पराजित क्यानडा २५ अङ्कसहित सातौँ स्थानमा झरेको छ । जितसँगै विश्वकप लिग–२ मा नेपालले अङ्कतालिकामा सुधार ल्याएको छ ।

नेपाली क्रिकेट टोली लिग २ को शीर्ष ४ मा नपर्ने पक्का
नवलपुर,असोज २४ । नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष ४ मा नपर्ने पक्का भएको छ । हिजो भएको लिग २ अन्तर्गतको खेलमा ओमानले

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा
नवलपुर,असोज २३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक
नवलपुर,असोज २३ । एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा









प्रतिकृया दिनुहोस