-->

नेपाली क्रिकेट टोली लिग २ को शीर्ष ४ मा नपर्ने पक्का

Nawalpurfm

नवलपुर,असोज २४ । नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष ४ मा नपर्ने पक्का भएको छ । हिजो भएको लिग २ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष ४ मा पर्ने सम्भावना सकिएको हो ।

नेपालले अब सिधै विश्वकप छनोट खेल्न पाउने छैन । नेपाली टोलीले अब प्लेअफ खेल्नेछ । क्यानडालाई हराएपछि ओमानको २९ खेलबाट ३३ अंक भएको छ । नेपालको ३२ खेलबाट २४ अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि ३२ अंकसम्म मात्र पुग्न सक्छ ।

अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग–२ को च्याम्पियन भैसकेको छ । स्कटल्यान्डको ३६ खेलबाट ४५ अंक छ भने नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ । चौथो स्थानको ओमानको २९ खेलबाट ३३ अंक, पाँचौंको नामिबियाको ३५ खेलबाट ३१ अंक, छैटौंको क्यानडाको ३३ खेलबाट २५ अंक छ ।

नेपाल ३२ खेलमा २४ अंकसहित सातौंमा छ भने यूएई ३१ खेलबाट १९ अंकसहित आठौंमा छ । नेपालले यो श्रृंखला अन्तर्गत भोलि क्यानडासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

नवलपुर,असोज २३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का

Nawalpurfm

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक

नवलपुर,असोज २३ । एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा

Nawalpurfm

एन्फाका ११ सदस्यद्वारा कार्यसमिति बैठक बोलाउन माग

नवलपुर,असोज २२ । फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बोलाउन ११ जना सदस्यले लिखित माग गरेका छन् । एन्फाको वर्तमान अवस्था,

↑