एन्फाका ११ सदस्यद्वारा कार्यसमिति बैठक बोलाउन माग
नवलपुर,असोज २२ । फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बोलाउन ११ जना सदस्यले लिखित माग गरेका छन् ।
एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारी निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ११ जना सदस्यले एन्फा विधानको धारा ३१ को उपधारा २ बमोजिम बैठक बोलाउन माग गरेका हुन् ।
बैठकका प्रस्तावित एजेन्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन् ।
यस्तै, एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दीपेन धिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेन्डामा राखिएको छ ।
एन्फाको कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको पछिल्लो अवस्थाबारे थप प्रश्न उठिरहेका बेला ११ सदस्यले बैठकको माग गरेका हुन् ।
बैठकमा एन्फाको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र संस्थालाई अघि बढाउने आगामी कार्यदिशाबारे छलफल गर्नुपर्ने सदस्यहरूको माग छ ।

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा
नवलपुर,असोज २३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक
नवलपुर,असोज २३ । एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा

विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान ‘ए’ लाई २ विकेटले हरायो
नवलपुर,असोज २२ । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’लाई २ विकेटले पराजित गरेको छ । ओमान




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस