-->

विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान ‘ए’ लाई २ विकेटले हरायो

Nawalpurfm

नवलपुर,असोज २२ । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’लाई २ विकेटले पराजित गरेको छ ।

ओमान क्रिकेट एकेडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान ‘ए’ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । नेपालले यो लक्ष्य ८ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रन बनाए । आसिफ शेखले ३७, देव खनालले ३४, गुल्शनकुमार झाले ३० तथा दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान ‘ए’ले ३९ ओभर ५ बलमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो ।

ओमान ‘ए’का कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन जोडे । नेपालका लागि बलिङतर्फ नन्दन यादवले ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले २–२ तथा गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले १–१ विकेट लिए ।

नेपाल, ओमान र क्यानडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खला खेल्दैछन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

नवलपुर,असोज २३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का

Nawalpurfm

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक

नवलपुर,असोज २३ । एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा

Nawalpurfm

एन्फाका ११ सदस्यद्वारा कार्यसमिति बैठक बोलाउन माग

नवलपुर,असोज २२ । फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बोलाउन ११ जना सदस्यले लिखित माग गरेका छन् । एन्फाको वर्तमान अवस्था,

↑