श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक
नवलपुर,असोज २३ । एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ ।
तीव्र गतिका बलर उनले २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० खेलेका छन् । अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्स, क्यान्डी बोल्ट्स र क्यान्डी रोयल्समा पनि काम गरेका छन् ।
विराटनगर किंग्सले बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा रहेको उनको विशेषज्ञतालाई नै निरन्तरताको मुख्य आधार बनाएको हो । उनी यसअघि पनि विराटनगरको प्रशिक्षक रही सकेका छन् । विराटनगरले विदेशी खेलाडीमा चरिथ असलंका, शुभम रन्जने लगायतलाई अनुबन्ध गरिसकेको छ ।
एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेँलो, रातो, सुन्तला र सेतो रङका कुर्सीहरू जडान गरिएका छन् । साथै, गाडी पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ। विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदै छ ।
प्रतियोगिता अवधिभर दर्शकको अत्यधिक चाप हुने सम्भावनालाई अनुमान गर्दै नेपाल प्रहरी र आयोजकले कडा सुरक्षा योजना तयार पारेका छन् ।

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा
नवलपुर,असोज २३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का

एन्फाका ११ सदस्यद्वारा कार्यसमिति बैठक बोलाउन माग
नवलपुर,असोज २२ । फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बोलाउन ११ जना सदस्यले लिखित माग गरेका छन् । एन्फाको वर्तमान अवस्था,

विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान ‘ए’ लाई २ विकेटले हरायो
नवलपुर,असोज २२ । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’लाई २ विकेटले पराजित गरेको छ । ओमान




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस