एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा
नवलपुर,असोज २३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
सीआईबीको अनुसन्धानअनुसार चार जनाबाट कुल ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालिएको छ । त्यही आधारमा उनीहरूविरुद्ध खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको हो ।
प्रतिवेदनमा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फरारका रूपमा उल्लेख गरिएको छ ।

श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक
नवलपुर,असोज २३ । एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा

एन्फाका ११ सदस्यद्वारा कार्यसमिति बैठक बोलाउन माग
नवलपुर,असोज २२ । फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बोलाउन ११ जना सदस्यले लिखित माग गरेका छन् । एन्फाको वर्तमान अवस्था,

विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान ‘ए’ लाई २ विकेटले हरायो
नवलपुर,असोज २२ । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’लाई २ विकेटले पराजित गरेको छ । ओमान




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस