-->

नेपाल र भारतबीच ८ वटा समझदारीपत्रमा हस्ताक्षर

Nawalpurfm

नवलपुर, मंसिर ७ । नेपाल र भारतबीच आठ महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज दुई देशबीच भएका यी सहमतिसँगै सुरक्षा, प्रविधि, प्रशासन र स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य अझ सुदृढ हुने अपेक्षा छ ।

दुई देशबीच फरेन्सिक विज्ञानमा सहकार्य गर्ने सहमति भएको छ । यसअन्तर्गत गुजरातको गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ ।

यस्तै प्रहरी प्रशिक्षणलाई थप प्रभावकारी बनाउन भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ ।

अर्को सहमति प्रशासनिक अधिकारीहरूको तालिमसम्बन्धी सम्झौता रहेको छ जसमा भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन् ।

यस्तै आयुर्वेद र परम्परागत चिकित्सालाई प्रवर्द्धन गर्न दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन् ।

अर्को समझदारी स्याटेलाइट सञ्चारको क्षेत्रमा भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एशिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको हो ।

यस्तै दुवै देशले दिगो शहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने भएका छन् भने स्वास्थ्य र चिकित्साको क्षेत्रमा भारत र नेपालले मिलेर काम गर्ने पनि सहमति भएको छ ।

यस्तै दुवै देशले पशुपालन र मत्स्यपालनको आधुनिकीकरण र विकासका लागि सहकार्य गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बालेनबारे मोदी – ‘युवा प्रधानमन्त्रीमा नेपालको भविष्य देखेँ’

नवलपुर, मंसिर ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा

Nawalpurfm

घोप्टेभीरमा दैनिक पाँच घण्टा गाडी रोकेर सडक मर्मतको काम चल्दै

नवलपुर,मंसिर ७ । चितवनको मुग्लिन नजिकै घोप्टेभीरमा अस्ति मंसिर ५ गतेदेखि दैनिक ५ घण्टा सडक बन्द गरेर मर्मतको काम भइरहेको छ । निरन्तर ढुङ्गा तथा माटो

Nawalpurfm

काठमाण्डौ जलवायु कार्य सप्ताह : १० बालबालिका ‘जलवायु परिवर्तन सद्भावना दूत’

नवलपुर,मंसिर ७ । काठमाण्डौ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन आजदेखि ‘काठमाण्डौ जलवायु

↑