घोप्टेभीरमा दैनिक पाँच घण्टा गाडी रोकेर सडक मर्मतको काम चल्दै
नवलपुर,मंसिर ७ । चितवनको मुग्लिन नजिकै घोप्टेभीरमा अस्ति मंसिर ५ गतेदेखि दैनिक ५ घण्टा सडक बन्द गरेर मर्मतको काम भइरहेको छ । निरन्तर ढुङ्गा तथा माटो खसिरहेको क्षेत्रमा सम्भावित जोखिम रोक्न सडक बन्द गरेर व्यवस्थापनको काम भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
जोखिमयुक्त डाँडाको माथिल्लो भागलाई कटान गरी ढुङ्गा–माटो झार्ने काम चलिरहेको हो । यसका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने गरिएको छ । अर्को सूचना नआएसम्म दैनिक पाँच घण्टा गाडी आवातजावत बन्द रहने प्रहरीको भनाइ छ ।
सडक बन्द हुने समयमा नारायणगढतर्फबाट चल्ने गाडीलाई जुगेडी र आँपटारी, पोखरातर्फबाट चल्ने गाडीलाई आँबुखैरेनी तथा काठमाण्डौबाट चल्ने गाडीलाई कुरिनटार नजिकैको रमाइलो डाँडामा रोक्ने गरिएको छ ।
सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा गर्न प्रहरीको आग्रह छ ।

बालेनबारे मोदी – ‘युवा प्रधानमन्त्रीमा नेपालको भविष्य देखेँ’
नवलपुर, मंसिर ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा

नेपाल र भारतबीच ८ वटा समझदारीपत्रमा हस्ताक्षर
नवलपुर, मंसिर ७ । नेपाल र भारतबीच आठ महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री बालेन्द्र

काठमाण्डौ जलवायु कार्य सप्ताह : १० बालबालिका ‘जलवायु परिवर्तन सद्भावना दूत’
नवलपुर,मंसिर ७ । काठमाण्डौ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन आजदेखि ‘काठमाण्डौ जलवायु




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस