काठमाण्डौ जलवायु कार्य सप्ताह : १० बालबालिका ‘जलवायु परिवर्तन सद्भावना दूत’
नवलपुर,मंसिर ७ । काठमाण्डौ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन आजदेखि ‘काठमाण्डौ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्दैछ ।
केही हप्ताअघि मात्रै ‘काठमाण्डौ फिल्म फेस्टिभल’ गरेको महानगरपालिकाले आजदेखि ‘काठमाण्डौ जलवायु कार्य सप्ताह’ सञ्चालन गर्न लागेको हो ।
सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । वर्षभरि नै जलवायुका लागि बालबालिकालाई सक्रिय बनाउने तयारी महानगरपालिकाले गरेको छ ।
महानगरले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील शहर निर्माणका लागि कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
आज राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाण्डौ अभियान’ शुरु गरिने पनि डङ्गोलले जानकारी दिनुभयो । महानगरपालिकाभित्रका विद्यालयमा भूमिगत जल पुनःभरण गर्न सकिने सम्भावित ठाउँको अध्ययनसमेत गरिएको मेयर डंगोलले बताउनुभयो ।
सप्ताहमार्फत जलवायु परिवर्तनका चुनौतीबारे छलफलमा मात्र सीमित नभई स्थानीयस्तरमा ठोस कामको थालनी गर्ने लक्ष्य रहेको महानगरपालिकाले जनाएको छ ।

बालेनबारे मोदी – ‘युवा प्रधानमन्त्रीमा नेपालको भविष्य देखेँ’
नवलपुर, मंसिर ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा

नेपाल र भारतबीच ८ वटा समझदारीपत्रमा हस्ताक्षर
नवलपुर, मंसिर ७ । नेपाल र भारतबीच आठ महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री बालेन्द्र

घोप्टेभीरमा दैनिक पाँच घण्टा गाडी रोकेर सडक मर्मतको काम चल्दै
नवलपुर,मंसिर ७ । चितवनको मुग्लिन नजिकै घोप्टेभीरमा अस्ति मंसिर ५ गतेदेखि दैनिक ५ घण्टा सडक बन्द गरेर मर्मतको काम भइरहेको छ । निरन्तर ढुङ्गा तथा माटो




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस