गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै
नवलपुर,मंसिर ६ । रसुवाको उच्च हिमाली क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् ।
सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि जुनसुकै याममा पनि गोसाइँकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन् । पदमार्गमा खानेबस्ने सुविधा सहज भएसँगै बाह्रै महिना पदयात्री आउन थालेको खेन्दीका होटल व्यवसायी सृजना घलेले बताउनुभयो ।
पहिले विशेष मेलापर्वमा मात्र पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ ।
धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा आउने गरेका छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि : भोलि समकक्षी मोदीसँग भेटवार्ता हुने
नवलपुर,मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी
नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली
नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस