प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि : भोलि समकक्षी मोदीसँग भेटवार्ता हुने
नवलपुर,मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।
उहाँ प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी देशको राजकीय भ्रमणमा जान लाग्नुभएको हो । प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारलगायत सहभागी छन् ।
प्रधानमन्त्रीसहितको टोली नेपाल वायुसेवा निगमको विमानबाट आज दिउँसो पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ । उहाँलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुनेछ ।
यो भ्रमणलाई नयाँदिल्लीले विशेष कूटनीतिक महत्व दिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि भेटवार्तासँगै प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भोलि नै नयाँ दिल्लीको राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नुहुनेछ । प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा। एस जयशङ्करले आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यो भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित हुनेछ ।
त्यसक्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू ९एमओयू० पनि आदानप्रदान गरिनेछन् ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि बेलुका नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै
नवलपुर,मंसिर ६ । रसुवाको उच्च हिमाली क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी
नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली
नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस