डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली
नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ ।
एमालेको जनवर्गिय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा बोल्दै उहाँले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाउनुभयो ।
अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको उहाँको दाबी छ । राष्ट्रपति रामचन्द्र पौडेलले डराएर निर्णय गर्नुभएको उहाँको आरोप छ ।
ओलीले भन्नुभयो, ‘डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ, भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्नुभयो र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो, अनि असंवैधानिक ढङ्गले संसद विघटन गरेर लोकतन्त्र जोगिन्छ रु’
प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको ओलीको भनाइ छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको ओलीले बताउनुभयो ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी
नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

दैलेखमा बञ्चरो प्रहारबाट आमा र दुई छोराछोरीको ज्यान गयो, एक बालक गम्भीर घाइते
नवलपुर, मंसिर ५ । दैलेखमा एक व्यक्तिले आफ्नो श्रीमतीसहित छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती र दुई छोराछोरीको ज्यान गएको छ । एक बालक गम्भीर

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधनको लागि आयोगको प्रस्ताव
नवलपुर, मंसिर ५ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन र स्वदेशभित्रै अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कानुन संशोधनको प्रस्ताव अघि




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस