-->

दैलेखमा बञ्चरो प्रहारबाट आमा र दुई छोराछोरीको ज्यान गयो, एक बालक गम्भीर घाइते

Nawalpurfm

नवलपुर, मंसिर ५ । दैलेखमा एक व्यक्तिले आफ्नो श्रीमतीसहित छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती र दुई छोराछोरीको ज्यान गएको छ ।

एक बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार सामान्य घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान दाउरा काट्ने बञ्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुमा रहेको नगर अस्पताल लगिएको थियो ।

घाइते मध्ये तपेन्द्र र करिस्माको अस्पताल पुर्‍यउँदा नै ज्यान गइसकेको थियो । मनिसालाई थप उपचारका लागि सुर्खेतमा रहेको प्रदेश अस्पताल कालागाउँ लगेकोमा दिउँसो साढे दुई बजे ज्यान गएको हो ।  

गम्भीर घाइते मिलनको उपचार भइरहेको छ । घटनामा संलग्न अम्बरलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी

नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

Nawalpurfm

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली

नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको

Nawalpurfm

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधनको लागि आयोगको प्रस्ताव

नवलपुर, मंसिर ५ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन र स्वदेशभित्रै अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कानुन संशोधनको प्रस्ताव अघि

↑