-->

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि

Nawalpurfm

नवलपुर, मंसिर ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भोलिदेखि शुरु हुने भारत भ्रमणअघि राजनीतिक दल र विषय विज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । 

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति निकालेर विदेश भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाउनुभएको हो । 

यद्यपि, कांग्रेसले भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपालको सर्वोत्तम राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । कांग्रेसले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन, जलवायु परिवर्तन, सीमा व्यवस्थापन र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायतका विषयमा सरकारलाई रचनात्मक सुझाव दिन गएको बुधबार विषय विज्ञहरूसँग आन्तरिक विमर्शसमेत गरेको थियो । 

तर, सरकारले परामर्श गर्न आवश्यक नठानेपछि पार्टीले औपचारिक सुझाव अघि सार्न उचित नठानेको शर्माले बताउनुभएको छ । प्रधानमन्त्री कुनै एक दलको मात्र नभई सिङ्गो देशको प्रतिनिधित्व गर्दै भारत जान लाग्नुभएको स्मरण गराउँदै कांग्रेसले भ्रमणलाई क्षणिक लोकप्रियता र प्रचारमा मात्र सीमित नराख्न सुझाव दिएको छ । 

विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्ने कांग्रेसको ठहर छ । 

साथै, भ्रमणको सफलता औपचारिक स्वागत वा घोषणाबाट नभई नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामबाट मापन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी

नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

Nawalpurfm

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली

नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको

Nawalpurfm

दैलेखमा बञ्चरो प्रहारबाट आमा र दुई छोराछोरीको ज्यान गयो, एक बालक गम्भीर घाइते

नवलपुर, मंसिर ५ । दैलेखमा एक व्यक्तिले आफ्नो श्रीमतीसहित छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती र दुई छोराछोरीको ज्यान गएको छ । एक बालक गम्भीर

↑