मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
नवलपुर, मंसिर ५ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । नेता यादव मधेश प्रदेशसभाको पहिलो कार्यकालमा सभामुख र यो कार्यकालको पहिलो मुख्यमन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी
नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली
नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको

दैलेखमा बञ्चरो प्रहारबाट आमा र दुई छोराछोरीको ज्यान गयो, एक बालक गम्भीर घाइते
नवलपुर, मंसिर ५ । दैलेखमा एक व्यक्तिले आफ्नो श्रीमतीसहित छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती र दुई छोराछोरीको ज्यान गएको छ । एक बालक गम्भीर




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस