-->

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा गर्न प्रचण्डको आग्रह

Nawalpurfm

नवलपुर, मंसिर ५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू छिट्टै पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ ।

विस्तृत शान्ति सम्झौता भएको दिनका अवसरमा आज एक सन्देशमार्फत उहाँले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

२०६३ साल मङ्सिर ५ मा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीको तर्फबाट अध्यक्षका रूपमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उहाँले सम्झौता राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गर्नुभएको छ ।

विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी रहेको उहाँको भनाइ छ ।

प्रचण्डले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी

नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

Nawalpurfm

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली

नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको

Nawalpurfm

दैलेखमा बञ्चरो प्रहारबाट आमा र दुई छोराछोरीको ज्यान गयो, एक बालक गम्भीर घाइते

नवलपुर, मंसिर ५ । दैलेखमा एक व्यक्तिले आफ्नो श्रीमतीसहित छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती र दुई छोराछोरीको ज्यान गएको छ । एक बालक गम्भीर

↑