-->

कात्तिक नाचमा आज बराह अवतार प्रदर्शन गरिँदै

Nawalpurfm

नवलपुर,मंसिर ५ । ललितपुरमा चलिरहेको प्रसिद्ध कात्तिक नाचमा आज बराह अवतार प्रदर्शन गरिँदैछ । कात्तिक नाचको महत्वपूर्ण नाच बराह अवतार द्वादशीका दिन आज प्रदर्शन गर्न लागिएको हो ।

वराह अवतार अन्तर्गत स्वर्गलोकका राजा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित छ । यज्ञ भङ्ग भएपछि विष्णुले वराह अवतार लिएर हिरण्याक्ष दैत्यसँग युद्ध गर्दा हिरण्याक्षका दैत्यगण भाग्छन् ।

अन्त्यमा भगवान् विष्णुले आफ्नो सुदर्शन चक्र र वराह रूपमा हिरण्याक्षको वध गर्नुभएको कथा नाचमा देखाइने कात्तिक नाच संरक्षण समितिले जनाएको छ। यो अवतारअन्तर्गत आफूसँग भएको शक्ति प्रदर्शनको गलत प्रयोग गर्दा अन्त्यहुनुपर्ने अवस्थालाई दर्शाइएको छ । हरेक वर्ष ललितपुरको पाटन दरबार क्षेत्रमा हुने कात्तिक नाचमा कृष्ण र इन्द्रको प्रस्तुति हुनेछ ।

गएको कात्तिक २७ गतेदेखि मंगलबजारको कात्तिक डबलीमा शुरु भएको नाचको प्रमुख आकर्षण भने भोलि नृसिंह नाच देखाइनेछ । कात्तिक नाचको सबैभन्दा आकर्षण र धेरै रुचाइएको र मध्यरातमा देखाइने नृसिंह नाच हेर्न हरेक वर्ष भीड लाग्ने गर्छ ।

कात्तिक नाच मंगलबार समापन हुनेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणःपर्याप्त परामर्श नभएको टिप्पणी

नवलपुर, मंसिर ५ । प्रधानमन्त्री बालेन्द्र शाह भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री पद सम्हालेपछि उहाँको यो पहिलो

Nawalpurfm

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो:ओली

नवलपुर, मंसिर ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको

Nawalpurfm

दैलेखमा बञ्चरो प्रहारबाट आमा र दुई छोराछोरीको ज्यान गयो, एक बालक गम्भीर घाइते

नवलपुर, मंसिर ५ । दैलेखमा एक व्यक्तिले आफ्नो श्रीमतीसहित छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती र दुई छोराछोरीको ज्यान गएको छ । एक बालक गम्भीर

↑