-->

पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द

Nawalpurfm

नवलपुर,मङ्सिर ४ । पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभीरलगायत क्षेत्रमा सडक निर्माण गर्न बिहान ११ देखि दिउँसो ४ बजेसम्म अर्को सूचना नआएसम्मका लागि गाडीको आवागमन बन्द गरिने भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार पोखराबाट छुटेका गाडीलाई तनहुँको आँबुखैरेनीमा रोकिनेछ ।

त्यस्तै चितवनको नारायणगढ हुँदै चल्ने गाडीलाई जुगेडी र आँपटारीमा रोकिनेछ । अरू गाडीलाई रमाइलो डाँडामा समेत रोक्ने गरी व्यवस्था गरिएको छ ।

मुग्लिन बजार क्षेत्रमा भने गाडी नरोक्ने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख थापाले जानकारी दिनुभयो ।

सडक निर्माण सम्पन्न गरी आवागमन पूर्णरूपमा खुलाउन कति समय लाग्छ भन्ने टुङ्गो लागेको छैन ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

परम्परा तोड्दै ९५ वर्षीय वृद्धबाट पक्ली पुल उद्घाटन

नवलपुर,मङ्सिर ४ । विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय वृद्धबाट पक्की पुल

Nawalpurfm

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

नवलपुर,मङ्सिर ४ । निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष

Nawalpurfm

प्रधानमन्त्री शाहको भ्रमणलाई भारतले पनि औपचारिक रूपमा घोषणा गर्‍यो

नवलपुर,मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने राजकीय भ्रमणबारे भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री

↑