परम्परा तोड्दै ९५ वर्षीय वृद्धबाट पक्ली पुल उद्घाटन
नवलपुर,मङ्सिर ४ । विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय वृद्धबाट पक्की पुल उद्घाटन भएको छ ।
मध्यनेपाल नगरपालिका–१ र २ जोड्ने खहरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुल स्थानीय ९५ वर्षीय गोरे सार्कीले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
मध्यनेपाल नगरपालिका–१ का वडाध्यक्ष सुदीप थापाले पुल उद्घाटनका विषयमा विभिन्न पक्षबाट राजनीतिक दबाव र धम्कीसमेत आएको बताउनुभयो । तर नागरिकको करबाट निर्माण भएको संरचना नागरिककै हातबाट उद्घाटन हुनुपर्ने अडानबाट आफू पछि नहटेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत झन्डै ३ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।
राजनीतिक नेतृत्वबाट मात्रै विकास निर्माणका संरचना उद्घाटन गराउने प्रचलनबीच ज्येष्ठ नागरिकलाई दिइएको प्राथमिकतालाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् । यसले सार्वजनिक संरचनामा नागरिकको अपनत्व र ज्येष्ठ नागरिकप्रति सम्मानको सन्देश दिएको छ ।

पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द
नवलपुर,मङ्सिर ४ । पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ । जिल्ला

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव
नवलपुर,मङ्सिर ४ । निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष

प्रधानमन्त्री शाहको भ्रमणलाई भारतले पनि औपचारिक रूपमा घोषणा गर्यो
नवलपुर,मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने राजकीय भ्रमणबारे भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस