प्रधानमन्त्री शाहको भ्रमणलाई भारतले पनि औपचारिक रूपमा घोषणा गर्यो
नवलपुर,मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने राजकीय भ्रमणबारे भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह पर्सि आइतवार भारत भ्रमणमा जान लाग्नुभएको हो ।
आज बिहान परराष्ट्र मन्त्रालयले भ्रमणबारे औपचारिक जानकारी गराएकोमा लगत्तै भारतको विदेश मन्त्रालयले पनि विज्ञप्तिमार्फत प्रधानमन्त्री शाहको भ्रमण मिति सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीबीच सोमवार बिहान भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार यो भ्रमण र भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ ।
भारतले नेपालसँगको सम्बन्धलाई आफ्नो ‘छिमेक पहिलो’ नीतिअन्तर्गत विशेष महत्त्व दिँदै आएको उल्लेख गरेको छ ।

पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द
नवलपुर,मङ्सिर ४ । पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ । जिल्ला

परम्परा तोड्दै ९५ वर्षीय वृद्धबाट पक्ली पुल उद्घाटन
नवलपुर,मङ्सिर ४ । विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय वृद्धबाट पक्की पुल

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव
नवलपुर,मङ्सिर ४ । निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस