-->

दक्षिण अफ्रिकामा ३ महिनाभित्र झन्डै ६०० महिलाको हत्या

Nawalpurfm

नवलपुर,मङ्सिर ४ ।  दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनाको बीचमा झन्डै ६०० जना महिलाको हत्या भएको छ ।

आज सार्वजनिक भएको अपराधसम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार जुलाईदेखि सेप्टेम्बरको बीचमा देशभर ५८१ जना महिलाको हत्या भएको छ । यसमध्ये जोहानेसबर्गसमेत समेटिएको गाउटेङ प्रान्तमा १३१ जना महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार तीन महिनामा ५ हजार ५९० वटा हत्याका घटना भएका छन् जुन गएको वर्षको यही अवधिको तुलनामा २०४ ले कम हो । यद्यपि दैनिक औसतमा झन्डै ६० वटा हत्या भइरहेका छन् ।

यी हत्याका घटनाहरूले राष्ट्रव्यापी आक्रोश निम्त्याएको छ र दोषीहरूलाई पत्ता लगाउन प्रहरीमाथि दबाव परेको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकामा लैङ्गिक हिंसा र हत्याको दर विश्वमै सबैभन्दा उच्चमध्ये एक छ ।

कार्यवाहक प्रहरी मन्त्री फिरोज काचालियाले महिला तथा बालबालिकाको सुरक्षाका लागि अझ कडा कदम चाल्न आह्वान गर्दै उनीहरूमाथि हुने हिंसा रोक्न ठूलो प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

नवलपुर,मंसिर १ । युरोपेली संघ (ईयू) का पाँच देशले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस

Nawalpurfm

अमेरिकामा हवाई उडानमा लगाइएको रोक हट्यो

नवलपुर,कात्तिक २८ । अमेरिकाभर उडानहरूमा यसअघि लगाइएको रोक हटेको छ । यससँगै विमानहरूले उडान भर्न थालेका छन्, तर उडानहरूमा ढिलाइ हुने सम्भावना छ ।

Nawalpurfm

यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो, ३० जना घाइते

नवलपुर,कात्तिक २७ । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । यूएईको

↑