अमेरिकामा हवाई उडानमा लगाइएको रोक हट्यो
नवलपुर,कात्तिक २८ । अमेरिकाभर उडानहरूमा यसअघि लगाइएको रोक हटेको छ ।
यससँगै विमानहरूले उडान भर्न थालेका छन्, तर उडानहरूमा ढिलाइ हुने सम्भावना छ । प्राविधिक गडबडीका कारण यसअघि अमेरिकाभर राष्ट्रव्यापी हवाई उडान प्रतिबन्ध (ग्राउन्ड स्टप) गरिएको थियो ।
अमेरिकी यातायात मन्त्री शन डफीले प्राविधिक अवरोध हटेसँगै देशभरका उडान फेरि फुकुवा गरीएको जानकारी दिएको बीबीसीले जनाएको छ । अवरोध हटेपनि उडान सहज हुन समय लाग्ने देखिएको छ ।
सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछिकै सबैभन्दा ठूलो मानिएको यो उडान अवरोधका कारण हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।
यातायात मन्त्री डफीका अनुसार हवाई सेवा सुरु भए पनि उडान तालिकामा देखिएको अस्तव्यस्तता सामान्य अवस्थामा फर्किन केही समय लाग्नेछ । संघीय उड्डयन प्रशासन (एफएए) को आग्रहमा युरोपबाट अमेरिका आउने उडानहरूसमेत स्थगित गरिएका थिए ।
ह्वाइट हाउसका अधिकारीले दिएको जानकारीअनुसार एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा आएको समस्याका कारण उडान रोकिएको थियो । तर यसमा साइबर आक्रमण भएको कुनै प्रमाण छैन ।
उडान प्रतिबन्ध हटेसँगै डेल्टा एयरलाइन्सलगायतका प्रमुख अमेरिकी वायुसेवा कम्पनीहरूले सामाजिक सञ्जालमार्फत उडानहरू सुरक्षित रूपमा सुरु गरिएको जानकारी दिएका छन् । हिजो देशभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो । त्यतिबेला आकाशमा ३ हजार ५०० भन्दा धेरै विमान उडिरहेका थिए ।
सबै विमानले हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए ।

यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो, ३० जना घाइते
नवलपुर,कात्तिक २७ । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । यूएईको

युरोपका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकापछि सुरक्षा जाँच
नवलपुर,कात्तिक १८ । युरोपका विभिन्न देशमा उडान भरेका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकासहित धम्की आएपछि सुरक्षा जाँच गरिएको छ । आयरल्याण्डको

जर्मनीमा हिंसात्मक झडप, पोर्चुगलमा आवास संकटविरुद्ध प्रदर्शन
नवलपुर,कात्तिक १६ । बढ्दो महँगी, आवास संकट, शिक्षा क्षेत्रको कमजोर अवस्था, बेरोजगारी र सार्वजनिक सेवामा सरकारी लगानीको कमीविरुद्ध युरोपका विभिन्न



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस