जर्मनीमा हिंसात्मक झडप, पोर्चुगलमा आवास संकटविरुद्ध प्रदर्शन
नवलपुर,कात्तिक १६ । बढ्दो महँगी, आवास संकट, शिक्षा क्षेत्रको कमजोर अवस्था, बेरोजगारी र सार्वजनिक सेवामा सरकारी लगानीको कमीविरुद्ध युरोपका विभिन्न देशमा शुरु भएको युवाहरुको आन्दोलन तेस्रो हप्तामा प्रवेश गरेको छ ।
फ्रान्सबाट शुरु भएको आन्दोलनको प्रभाव जर्मनी, पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन र अल्बानियासम्म फैलिएको छ । फ्रान्समा विद्यार्थी र श्रमिक संगठनहरूले भोलिदेखि थप प्रदर्शन र देशव्यापी हडतालका लागि आह्वान गर्ने तयारी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
धेरैजसो प्रदर्शन शान्तिपूर्ण भए पनि केही शहरमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप, आगजनी, तोडफोड तथा लुटपाटका घटना भएका छन् ।
आन्दोलनको मुख्य केन्द्र फ्रान्सको राजधानी पेरिस बनेको छ । त्यहाँ हिजोसम्म साढे ३ लाखको हाराहारीमा मानिसहरु प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
विद्यालय भवनको जीर्ण अवस्था सुधार गर्नुपर्ने, शिक्षक अभाव अन्त्य गरी शिक्षामा पर्याप्त बजेट छुट्याउनुपर्ने, विश्वविद्यालय भर्ना प्रणालीलाई निष्पक्ष बनाउनुपर्ने, बढ्दो महँगी र जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, विद्यार्थी आवास र रोजगारीका अवसर विस्तार गर्नुपर्ने, सार्वजनिक सेवामा सरकारी लगानी बढाउनुपर्ने लगायत माग छन् ।
विद्यार्थीबाट शुरु भएको आन्दोलनमा श्रमिक संगठन, जलवायु अभियन्ता, अभिभावक तथा सरकारको नीतिप्रति असन्तुष्ट नागरिकसमेत सहभागी भएका छन् ।

अमेरिकाले इरानका सर्त स्वीकार गरे हर्मुज जलमार्ग केही दिनभित्रै खुल्ने संकेत
नवलपुर,कात्तिक १५ । इरानले हर्मुज जलमार्ग एकदिन फेरि खोल्ने सम्भावना रहेको जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार कतारका

उत्तर कोरियालीहरूलाई रुसमा जबरजस्ती श्रममा लगाउन भर्ना गरिँदै : प्रतिवेदन
नवलपुर,कात्तिक १३ । रुसी दलाल सञ्जालले विद्यार्थी भिसाको प्रयोग गरी उत्तर कोरियाली कामदारहरूलाई जबरजस्ती श्रममा लगाउन भर्ना गरिरहेको प्रतिवेदन

भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबको जोखिम : उद्धारकार्य तीव्र
नवलपुर,कात्तिक ११ । भारतको आन्ध्र प्रदेशमा आज शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त







प्रतिकृया दिनुहोस