-->

भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबको जोखिम : उद्धारकार्य तीव्र

Nawalpurfm

नवलपुर,कात्तिक ११ । भारतको आन्ध्र प्रदेशमा आज शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेका छन् ।

चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने भारत मौसम विज्ञान विभाग ९आइएमडी०लाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

विभागले हिजो जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रका मानिसहरूलाई सुरक्षित ठाउँमा जान निर्देशन दिएका छन् । केही जिल्लामा हिजोदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिनुभएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

द इन्डियन एक्सप्रेसका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने चार हजार सात सयभन्दा बढीलाई अस्पतालमा सारिएको छ । भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरू पूर्ण रूपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउन सक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्न सक्ने चेतावनी दिएको छ ।

आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पुर्‍याउन सक्ने विभागको अनुमान छ । बङ्गालको खाडी र उत्तरी हिन्द महासागरमा चक्रवात नियमित जोखिमका रूपमा रहँदै आएका छन् । यसैबीच, श्रीलङ्कामा पनि मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ ।

त्यहाँको मौसम विज्ञान विभागले आँधीका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने जोखिम औँल्याउँदै विद्यालयहरू बन्द गरेको छ । कोलम्बोको विपद् व्यवस्थापन केन्द्रका अनुसार सेनालाई पनि सतर्क अवस्थामा राखिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भेनेजुएलाका नोबेल शान्ति पुरस्कार विजेता माचाडोको स्वदेश फिर्ता

नवलपुर,कात्तिक १० । भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले निर्वासनबाट आश्चर्यजनक रूपमा स्वदेश फर्केपछि

Nawalpurfm

मध्यपूर्वमा तनाव थप चर्कियो

नवलपुर, कात्तिक ९ । मध्यपूर्वमा तनाव चर्किँदै गएको छ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी

Nawalpurfm

जोर्डनको एक चर्चमा जथाभावी गोली प्रहार, सात जनाको ज्यान गयो, ४० घाइते

नवलपुर, कात्तिक ७ । जोर्डनको दक्षिणी सहर कराकमा रहेको एक ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा

↑