मध्यपूर्वमा तनाव थप चर्कियो
नवलपुर, कात्तिक ९ । मध्यपूर्वमा तनाव चर्किँदै गएको छ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँगै क्षेत्रीय तनाव कम गर्ने कूटनीतिक प्रयास भइरहेका बेला मध्यपूर्वमा तनाव चर्किएको हो ।
हुथी समूहले रियाद विमानस्थललाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेपछि साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानासहित हुथी नियन्त्रणका क्षेत्रहरूमा आक्रमण गरेको हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने सम्भावना नरहेको बताउनु भएको छ । इरानका विदेशमन्त्री अब्बास अराघच्चीले अमेरिका र इजरायलले फेरि आक्रमण गरे पनि त्यसबाट विगतको भन्दा फरक परिणाम नआउने बताउनुभएको छ । क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले कतारका मध्यस्थकर्ताहरू तेहरान पुगेका बेला अराग्चीको यस्तो भनाइ आएको हो ।
मध्यपूर्वका विभिन्न क्षेत्रमा सैन्य कारबाही र तनाव जारी रहँदा इरान र अमेरिकाबीचको सम्भावित टकराव रोक्न तथा क्षेत्रीय द्वन्द्व थप फैलिन नदिन कूटनीतिक प्रयास भइरहेका अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् ।

जोर्डनको एक चर्चमा जथाभावी गोली प्रहार, सात जनाको ज्यान गयो, ४० घाइते
नवलपुर, कात्तिक ७ । जोर्डनको दक्षिणी सहर कराकमा रहेको एक ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा

हर्मुज जलमार्गमा ७ वटा जहाजमा आक्रमण भएको इरानको दाबी
नवलपुर,कात्तिक ६ । इरानले हर्मुज जलमार्गमा ७ वटा तेल ट्याङ्करमा आक्रमण भएको र तिनमा क्षति पुगेको दाबी गरेको छ । गएको फेब्रुअरी २८ मा अमेरिका र

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको ज्यान गयो
नवलपुर,कात्तिक ६ । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ । सिजाङ स्वायत्त क्षेत्रमा ठूलो भूकम्प जाँदा अहिलेसम्म कम्तीमा १६









प्रतिकृया दिनुहोस