हर्मुज जलमार्गमा ७ वटा जहाजमा आक्रमण भएको इरानको दाबी
नवलपुर,कात्तिक ६ । इरानले हर्मुज जलमार्गमा ७ वटा तेल ट्याङ्करमा आक्रमण भएको र तिनमा क्षति पुगेको दाबी गरेको छ ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध शुरू गरेयता हर्मुज जलमार्गमा एकै दिनमा भएको यो सबैभन्दा ठूलो क्षति रहेको समाचार संस्था अलजजीराले जनाएको छ ।
यसैबीच इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले अमेरिकाले ट्याङ्करहरूलाई हर्मुज जलमार्गको अरू भाग भएर जान मद्दत गर्ने कदम चालेमा मध्यपूर्वमा रहेका उसका आधारहरूमाथि आक्रमण गर्न सकिने चेतावनी दिएको छ ।
इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण रहेको दाबी गर्छ । युद्ध शुरू हुनुअघि विश्वमा खपत हुने कुल तेल र ग्यासको पाँच भागको एक भाग अर्थात् २० प्रतिशत यही मार्गबाट ढुवानी हुने गर्थ्यो ।
आफ्नो अनुमतिविना यस जलमार्गबाट अघि बढ्ने प्रयास गर्ने जहाजहरूमाथि इरानले नियमित रूपमा आक्रमण गर्ने गरेको छ ।
तर अमेरिकी सेनाले हर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई सुरक्षा प्रदान गर्ने क्रम बढाएको छ जसको जवाफमा इरानले आक्रमणहरू तीव्र पारेको छ ।

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको ज्यान गयो
नवलपुर,कात्तिक ६ । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ । सिजाङ स्वायत्त क्षेत्रमा ठूलो भूकम्प जाँदा अहिलेसम्म कम्तीमा १६

साउदीको अराम्कोमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको ज्यान गयो
नवलपुर,कात्तिक ५ । साउदी अरबको दक्षिण–पूर्वी क्षेत्रमा साउदी अराम्कोद्वारा सञ्चालित तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली

नाइजेरियामा १० वर्षपछि इबोलाको नयाँ सङ्क्रमण
अफ्रिकामा तीव्र रूपमा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सन् २०१४ पछि पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ।







प्रतिकृया दिनुहोस