-->

जोर्डनको एक चर्चमा जथाभावी गोली प्रहार, सात जनाको ज्यान गयो, ४० घाइते

Nawalpurfm

नवलपुर, कात्तिक ७ । जोर्डनको दक्षिणी सहर कराकमा रहेको एक ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको ज्यान गएको छ ।

४० जना घाइते भएका छन् । राजधानी अम्मानबाट झन्डै १८० किलोमिटर दक्षिणमा रहेको चर्चमा अन्त्येष्टि शुरु भएको १५ मिनेटमै नचिनेका मानिसले अन्धाधुन्ध गोली चलाएका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । आक्रमणपछि जोर्डन सरकारले देशभर तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्रधानमन्त्री जाफर हसनले घटनालाई अतिवाद र आतङ्कवादी विचारधाराको परिणाम भन्दै निन्दा गर्नुभएको छ । उहाँहरूले घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कडा सजाय दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्नुभएको छ । प्रवक्ता स्टेफन डुजारिकमार्फत विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले धार्मिक स्थलहरू शान्तिका केन्द्र हुनुपर्ने र सर्वसाधारणमाथिको आक्रमण स्वीकार्य नहुने बताउनुभयो । लेबनान, सिरिया, इजिप्ट र ओमानलगायत देशहरूले पनि आतङ्कवादी आक्रमणको भर्त्सना गरेका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यपूर्वमा तनाव थप चर्कियो

नवलपुर, कात्तिक ९ । मध्यपूर्वमा तनाव चर्किँदै गएको छ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी

Nawalpurfm

हर्मुज जलमार्गमा ७ वटा जहाजमा आक्रमण भएको इरानको दाबी

नवलपुर,कात्तिक ६ । इरानले हर्मुज जलमार्गमा ७ वटा तेल ट्याङ्करमा आक्रमण भएको र तिनमा क्षति पुगेको दाबी गरेको छ । गएको फेब्रुअरी २८ मा अमेरिका र

Nawalpurfm

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको ज्यान गयो

नवलपुर,कात्तिक ६ । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ ।  सिजाङ स्वायत्त क्षेत्रमा ठूलो भूकम्प जाँदा अहिलेसम्म कम्तीमा १६

↑