भेनेजुएलाका नोबेल शान्ति पुरस्कार विजेता माचाडोको स्वदेश फिर्ता
नवलपुर,कात्तिक १० । भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले निर्वासनबाट आश्चर्यजनक रूपमा स्वदेश फर्केपछि देशका अन्तरिम राष्ट्रपतिसँग बसेर कुराकानी गर्न तयार रहेको बताउनुभएको छ ।
विपक्षी नेता माचाडो झण्डै एक वर्षको निर्वासनपछि कराकास अवतरण गर्नुभएको हो । उहाँको यो फिर्ति अमेरिकी समर्थन प्राप्त सरकारलाई चुनौती दिने खालको रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
उहाँको आगमनले भेनेजुयलामा खुसीयाली मनाउनेको भीड लागेको थियो । हजारौँ मानिसहरूले राजमार्ग, शहरका टोल प्लाजा र सडकहरूमा भेनेजुएलाका झण्डा हल्लाउँदै र ‘स्वतन्त्रता’ को नारा लगाउँदै उहाँको स्वागत गरेका छन् ।
माचाडोले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग शान्तिको लागि हात मिलाई सम्बन्ध अघि बढाउनुभएको छ । उहाँले आफ्ना प्रमुख प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मादुरोका उपराष्ट्रपतिको रूपमा काम गरेका महिलासँग वार्ता गर्न खुला रहेको बताउनुभएको छ ।
मादुरोलाई अमेरिकाले पक्राउ गरी उहाँमाथि विभिन्न अभियोग दर्ता गरेको छ । युरोपेली संघले उनको फिर्तीको स्वागत गरेको छ । माचाडो गएको डिसेम्बरमा नोबेल शान्ति पुरस्कार लिन देश छाडेर विदेश जानुभएको थियो । त्यसअघि उहाँ लगभग एक वर्ष भूमिगत रहनुभएको थियो ।
त्यसयता ५९ वर्षीया माचाडोले भेनेजुएला फर्कन कम्तीमा सात पटक प्रयास गरेको उहाँको पार्टीका स्रोतहरूले बताएका छन् ।

मध्यपूर्वमा तनाव थप चर्कियो
नवलपुर, कात्तिक ९ । मध्यपूर्वमा तनाव चर्किँदै गएको छ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी

जोर्डनको एक चर्चमा जथाभावी गोली प्रहार, सात जनाको ज्यान गयो, ४० घाइते
नवलपुर, कात्तिक ७ । जोर्डनको दक्षिणी सहर कराकमा रहेको एक ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा

हर्मुज जलमार्गमा ७ वटा जहाजमा आक्रमण भएको इरानको दाबी
नवलपुर,कात्तिक ६ । इरानले हर्मुज जलमार्गमा ७ वटा तेल ट्याङ्करमा आक्रमण भएको र तिनमा क्षति पुगेको दाबी गरेको छ । गएको फेब्रुअरी २८ मा अमेरिका र








प्रतिकृया दिनुहोस