युरोपका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकापछि सुरक्षा जाँच
नवलपुर,कात्तिक १८ । युरोपका विभिन्न देशमा उडान भरेका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकासहित धम्की आएपछि सुरक्षा जाँच गरिएको छ । आयरल्याण्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका दुई विमानमा नचिनेका व्यक्तिबाट बमको सूचना आएपछि खोजी गरिएको थियो ।
डब्लिनबाट आएको विमानलाई अवतरण नहुँदासम्म इटालीको वायुसेनाले सुरक्षा दिएको थियो । तर, दुवै विमानमा कुनै विस्फोटक पदार्थ फेला नपरेको बीबीसीले जनाएको छ ।
त्यस्तै, पोल्यान्ड, स्पेन र बुल्गेरियामा पनि विमानहरूको सुरक्षा जाँच गरिएको थियो । म्यानचेस्टरबाट स्पेनको मर्सिया विमानस्थलमा गएको विमानमा समेत बम राखिएको सूचना आएपछि यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर जाँचका क्रममा कुनै पनि विस्फोटक पदार्थ नभेटिएको अधिकारीहरुले जनाएका छन् ।
यसैगरी, बेलायतको लन्डन हिथ्रो विमानस्थलबाट पोल्यान्डको वार्सा जाँदै गरेको विमानलाई निर्धारित विमानस्थलमा अवतरण गर्न नदिई अर्को विमानस्थलमा अवतरण गराइएको थियो ।
यी घटनाबीच आधिकारिक रूपमा कुनै सम्बन्ध पुष्टि भएको छैन । तर, विभिन्न देशका अधिकारीहरूले यसबारे सहकार्य गर्दै घटनाहरू योजनाबद्ध रूपमा गराइएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने भएका छन् ।
उड्डयन सुरक्षा विज्ञ पल मेसनले विभिन्न विमान कम्पनीका उडानमा एकैपटक बमको धम्की आउनु असामान्य घटना भएको बताउनुभएको छ ।

जर्मनीमा हिंसात्मक झडप, पोर्चुगलमा आवास संकटविरुद्ध प्रदर्शन
नवलपुर,कात्तिक १६ । बढ्दो महँगी, आवास संकट, शिक्षा क्षेत्रको कमजोर अवस्था, बेरोजगारी र सार्वजनिक सेवामा सरकारी लगानीको कमीविरुद्ध युरोपका विभिन्न

अमेरिकाले इरानका सर्त स्वीकार गरे हर्मुज जलमार्ग केही दिनभित्रै खुल्ने संकेत
नवलपुर,कात्तिक १५ । इरानले हर्मुज जलमार्ग एकदिन फेरि खोल्ने सम्भावना रहेको जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार कतारका

उत्तर कोरियालीहरूलाई रुसमा जबरजस्ती श्रममा लगाउन भर्ना गरिँदै : प्रतिवेदन
नवलपुर,कात्तिक १३ । रुसी दलाल सञ्जालले विद्यार्थी भिसाको प्रयोग गरी उत्तर कोरियाली कामदारहरूलाई जबरजस्ती श्रममा लगाउन भर्ना गरिरहेको प्रतिवेदन









प्रतिकृया दिनुहोस