पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने
नवलपुर,मंसिर १ । युरोपेली संघ (ईयू) का पाँच देशले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने भएका छन् ।
जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्यान्ड्सले यससम्बन्धी योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
आफ्नो देशमा अवैध रूपमा बसिरहेका र देश निकाला गर्नुपर्ने आप्रवासीलाई रुवान्डा पठाइने ती देशले जनाएका छन् । विशेषगरी आफ्नो देश फर्काउन नसकिने आप्रवासीका लागि यो व्यवस्था गरिने उनीहरुले जनाएका हुन् ।
रुवान्डा पुगेका आप्रवासीले त्यहाँको समाजमा घुलमिल भएर बस्न वा आफ्नो देश फर्कन सक्ने ईयूका पाँच राष्ट्रले घोषणा गरेका हुन् ।
शुरुमा यो योजना परीक्षणका रूपमा सञ्चालन गरिने र झण्डै एक सय जनालाई राख्न सकिने उल्लेख छ । तर, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने यस योजनाको आलोचना गर्दै यसमा मानवता र भविष्य नदेखिएको टिप्पणी गर्नुभएको छ ।
साथै मानवअधिकारवादी संस्थाहरूले पनि यस योजनाले आप्रवासीको अधिकार उल्लङ्घन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पाँच देशले भने यो योजना युरोपेली संघको शरण प्रणालीलाई व्यवस्थित बनाउन र मानव तस्करी नियन्त्रण गर्न सहयोगी हुने दाबी गरेका छन् ।

अमेरिकामा हवाई उडानमा लगाइएको रोक हट्यो
नवलपुर,कात्तिक २८ । अमेरिकाभर उडानहरूमा यसअघि लगाइएको रोक हटेको छ । यससँगै विमानहरूले उडान भर्न थालेका छन्, तर उडानहरूमा ढिलाइ हुने सम्भावना छ ।

यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो, ३० जना घाइते
नवलपुर,कात्तिक २७ । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । यूएईको

युरोपका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकापछि सुरक्षा जाँच
नवलपुर,कात्तिक १८ । युरोपका विभिन्न देशमा उडान भरेका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकासहित धम्की आएपछि सुरक्षा जाँच गरिएको छ । आयरल्याण्डको



.2026-11-12-06-40-08.jpeg)



प्रतिकृया दिनुहोस