-->

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वानको तयारी

Nawalpurfm

नवलपुर,मङ्सिर ४ । आउँदो सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ ।

प्राधिकरणले अर्को महिना सन् २०२७ जनवरीदेखि मेसम्म चौबीसै घण्टा विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्न लागेको हो ।

भोटेकोशीमा आएको बाढीका कारण झण्डै ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि आउँदो सुक्खायाममा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिएको छ ।

नयाँ आयोजना थपिए पनि नदीमा पानीको बहाव घट्दा अपेक्षित उत्पादन नहुने प्राधिकरणको अनुमान छ । यसअघि तीन भारतीय कम्पनीसँग दर माग गर्दा सबैभन्दा कम प्रतियुनिट भारु ६ रुपैयाँ ९० पैसा प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनले पछि त्यही दरमा सम्झौता गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रियामार्फत विद्युत् खरिद गर्ने तयारी गरेको हो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द

नवलपुर,मङ्सिर ४ । पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ । जिल्ला

Nawalpurfm

परम्परा तोड्दै ९५ वर्षीय वृद्धबाट पक्ली पुल उद्घाटन

नवलपुर,मङ्सिर ४ । विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय वृद्धबाट पक्की पुल

Nawalpurfm

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

नवलपुर,मङ्सिर ४ । निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष

↑