बर्खास्तीमा परेका सशस्त्रका एआईजी दाहालद्वारा मन्त्रिपरिषद्मा पुनरावेदन
नवलपुर, मंसिर ३ । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिनुभएको छ । उहाँले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराउनुभएको हो ।
सोझै अदालत जाने बाटो नभएकाले दाहालले शुरूमा मन्त्रिपरिषद्मा निवेदन दिनुभएको हो । अब मन्त्रिपरिषद्ले पुरानै निर्णय सदर गरेमा मात्र उहाँका लागि अदालत जाने बाटो खुल्नेछ ।
संवेदनशील र गम्भीर सूचना चुहाएको तथा पदीय आचरण विपरीत काम गरेको आरोपमा सरकारले दाहाललाई गएको असोज २३ गते बर्खास्त गरेको थियो ।
बिचौलिया भनिएका इनम सापकोटाको मोबाइलबाट सम्पर्क देखिएपछि सरकारले उहाँलाई असोज १९ गते निलम्बन गरी एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा छानबिन गरेको थियो ।
यसअघि असोज ११ गते पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा हिरासतमा गएर भेटेको विषयले पनि दाहाल विवादमा तानिनुभएको थियो ।

मलेशिया जाने श्रमिक ठगी प्रकरणमा पूर्व मुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी
नवलपुर, मंसिर ३ । मलेशियामा रोजगारीका लागि जाने श्रमिकमाथि भएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ

झापामा धान काट्ने मेशिन र मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गयो
नवलपुर, मंसिर ३ । झापामा धान काट्ने मेशिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ खटखटी टोलमा रहेको

मकवानपुरको भीमफेदीमा जीप दुर्घटनाः३ जनाको ज्यान गयो, ७ जना घाइते
नवलपुर, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस