-->

झापामा धान काट्ने मेशिन र मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गयो

Nawalpurfm

नवलपुर, मंसिर ३ । झापामा धान काट्ने मेशिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बाह्रदशी गाउँपालिका वडा नम्बर ५ खटखटी टोलमा रहेको चारपाने–राजगढ भित्री सडक खण्डमा विपरीत दिशामा गुडिरहेका मेशिन र मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा बाह्रदशी–३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ का १७ वर्षीय अशोक राजवंशीको ज्यान गएको हो ।

दुर्घटनापछि धान काट्ने मेशिनका चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मलेशिया जाने श्रमिक ठगी प्रकरणमा पूर्व मुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी

नवलपुर, मंसिर ३ । मलेशियामा रोजगारीका लागि जाने श्रमिकमाथि भएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ

Nawalpurfm

बर्खास्तीमा परेका सशस्त्रका एआईजी दाहालद्वारा मन्त्रिपरिषद‍्मा पुनरावेदन

नवलपुर, मंसिर ३ । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिनुभएको छ ।

Nawalpurfm

मकवानपुरको भीमफेदीमा जीप दुर्घटनाः३ जनाको ज्यान गयो, ७ जना घाइते

नवलपुर, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते

↑