काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
नवलपुर, मंसिर २ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आउँदो पालिका चुनावमा काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
उहाँले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाण्डौको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गएको वैशाख ४ गते राष्ट्रिय स्वतन्त्रता पार्टी ९रास्वपा० को सहमहामन्त्री पदबाट राजीनामा दिनुभएकी श्रेष्ठ अहिले दलविहीन हुनुहुन्छ । उहाँले मेयर पदमा कुन दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र प्रतिस्पर्धा गर्ने भन्नेबारे खुलाउनुभएको छैन ।
रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ विसं २०८० फागुन २३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको थियो ।

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश
नवलपुर, मंसिर २ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट
नवलपुर, मंसिर २ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ

द्रुतमार्गको सबैभन्दा लामो सुरुङ छिचोलियो
नवलपुर, मंसिर २ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ । मकवानपुरको भीमफेदी



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस