पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटायो
नवलपुर,मंसिर २ । पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको छ ।
मन्त्रालय अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका ७ जना इन्जिनियरलाई मन्त्रालयले सेवाबाट हटाएको हो ।
सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, रमेशप्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ हुनुहुन्छ ।
पदमेन्द्रप्रसाद श्रेष्ठ बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको तथा अरू ६ जना कार्यालयमा हाजिर नभएका कारण हटाइएको मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले सातै जना इन्जिनियरलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश
नवलपुर, मंसिर २ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट
नवलपुर, मंसिर २ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ

द्रुतमार्गको सबैभन्दा लामो सुरुङ छिचोलियो
नवलपुर, मंसिर २ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ । मकवानपुरको भीमफेदी



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस