यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान
नवलपुर,कात्तिक २० । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा धनतेरस मनाइन्छ ।
पछिल्ला केही वर्षयता काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि धनतेरस मनाउने चलन शुरु भएको छ । धनतेरसमा बेलुकी घरघरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ ।
आज धनतेरससँगै यमदीपदान गरिन्छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । पर्सि २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।
कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।
यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम छ ।

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय
नवलपुर, कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता
नवलपुर,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण
नवलपुर,कात्तिक २० । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको हिजो परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र








प्रतिकृया दिनुहोस