-->

रविको टिप्पणीपछि बालेनको जवाफ – ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Nawalpurfm

नवलपुर,कात्तिक २० । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र शाहले यसप्रति लक्षित गर्दै सामाजिक सञ्जालबाट जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री शाहले गएराति फेसबुकमार्फत देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने टिप्पणी गर्नुभएको हो । यसअघि हिजो दिउँसो चितवनमा पत्रकारसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले प्रहरी महानिरीक्षक परिवर्तन गर्नुको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै रहेको बताउनुभएको थियो ।

रास्वपाका अरु नेताहरुले पनि प्रहरी महानिरीक्षक हटाउने विषयमा सरकारले पार्टीसँग छलफल नगरेको भन्दै प्रश्न उठाउँदै आएका छन् । त्यसपछि प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार देश जोगाउनतर्फ लागेको आशयसहितको टिप्पणी गर्नुभएको हो ।

रास्वपाबाहेकका दलमा भने कार्यकर्ता लड्ने र नेता हाँसेर बस्ने परिपाटी रहेको प्रधानमन्त्रीको टिप्पणी छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

नवलपुर, कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका

Nawalpurfm

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता

नवलपुर,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज

Nawalpurfm

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण

नवलपुर,कात्तिक २० । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको हिजो परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र

↑