-->

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन

Nawalpurfm

नवलपुर, कात्तिक १८ । सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ ।

संसदीय समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख डा। धर्मराज उप्रेतीले शव पहिचानमा त्रुटि हुन नदिन विशेष टोली गठन गरी काम अघि बढाइएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार शव भेटिएको अवस्था, शरीरका चिह्न तथा ‘एन्टिमोर्टम’ र ‘पोस्टमार्टम’ विवरण सङ्कलन गरेर पहिचानको काम भइरहेको छ ।

डीएनए परीक्षणलाई थप विश्वसनीय बनाउन विदेशबाट उपकरणसमेत ल्याइएको डा। उप्रेतीले बताउनुभयो ।

उहाँले भोटेकोशी बाढीको प्रकृति असाधारण रहेकाले यहाँको पुनर्निर्माण भूकम्पपछिको भन्दा धेरै जटिल हुने उल्लेख गर्नुभयो । तीव्र गतिका बाढीले ठूला ढुङ्गा र गेग्रान थुपार्दा पूर्वाधारमा ठूलो क्षति पुगेकाले अब पुनर्निर्माणका लागि विशेष योजना आवश्यक रहेको उप्रेतीको भनाइ छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

नवलपुर, कात्तिक १८ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको छ । यसअघि

Nawalpurfm

दानबहादुर कार्कीलाई कारबाही गरिएको होइनःसरकारका प्रवक्ता

नवलपुर, कात्तिक १८ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई

Nawalpurfm

हिजो छुटेकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

नवलपुर,कात्तिक १८ । बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि आज पनि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन

↑