-->

हिजो छुटेकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

Nawalpurfm

नवलपुर,कात्तिक १८ । बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि आज पनि खुवाइँदैछ ।

हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन लागिएको हो । देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले राष्ट्रिय कार्यक्रम गर्दै आएको छ ।

पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुने गरेकोमा यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले हिजो र आजका लागि सारिएको थियो । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ झण्डै २१ लाख बालबालिका र जुकाको औषधि २० लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको बताउनुभयो ।

५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । नजिकैको वडा कार्यालय, स्वास्थ्य चौकी वा तोकिएका ठाउँमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउन सकिन्छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने गरेको छ ।  
 

प्रतिकृया दिनुहोस
Nawalpurfm

रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा

नवलपुर,कात्तिक १८ । सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली ९ई–जीपी० सञ्चालनमा आएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले

Nawalpurfm

बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने

नवलपुर,कात्तिक १७ । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास ९पीआर० को योग्यता

Nawalpurfm

आज हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

नवलपुर,कात्तिक १७ । आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ । साथै हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको

↑