-->

आज हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

Nawalpurfm

नवलपुर,कात्तिक १७ । आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ ।

साथै हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार गएराति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा छिटपुट वर्षा भएको छ ।

यसैबीच, बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना भए पनि यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरुले पनि नयाँ प्रणालीको असर नपर्ने भएकोले ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । मौसमविद्का अनुसार अब दुई हप्तासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली आउने सम्भावना छैन ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने

नवलपुर,कात्तिक १७ । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास ९पीआर० को योग्यता

Nawalpurfm

झण्डै १० करोड अवैध सम्पत्ति कमाएको आरोपमा नासुविरुद्ध मुद्दा दायर

नवलपुर,कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहितका ६

Nawalpurfm

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

नवलपुर,कात्तिक १७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का

↑