बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने
नवलपुर,कात्तिक १७ । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास ९पीआर० को योग्यता प्राप्त गर्न कुनुपर्ने समयलाई दोब्बर बनाएर १० वर्ष पुर्याइएको छ । यस्तै ‘साना डुङ्गा’ वा अरू कुनै गैरकानूनी बाटो हुँदै आउने शरणार्थीहरूका लागि भने यो प्रतीक्षा अवधि ३० वर्षसम्म लम्ब्याइएको समाचार संस्था अलजजीराले जनाएको छ ।
हिजो संसद्मा बोल्दै गृहमन्त्री सबाना महमुदले लाखौँ हेरचाहकर्मीहरूलाई कडा नियमहरूबाट छुट दिइने बताउनुभएको छ । सत्तारूढ लेबर पार्टीभित्रै राजनीतिक विरोध र असन्तुष्टि चुलिएका बेला उहाँले यो सहुलियत प्रदान गर्नुभएको हो ।
बेलायतमा स्थायी बसोबासको अनुमति प्राप्त भएपछि काम गर्ने, अध्ययन गर्ने, निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा प्रयोग गर्ने तथा कल्याणकारी सुविधाहरू दाबी गर्ने अधिकार प्राप्त हुन्छ । अहिलेसम्म यो अनुमति पाँच वर्षको अवधिसम्म बसेपछि प्रदान गरिँदै आएको छ ।
अर्को वर्षदेखि लागू हुने नयाँ नियमहरूले स्थायी बसोबासको योग्यतालाई आयसँग जोडेका छन् ।
वर्षमा ५० हजार पाउन्ड अर्थात् १ करोड रुपैयाँभन्दा धेरै कमाउने व्यक्तिहरूले पाँच वर्षपछि आवेदन दिन सक्नेछन् । यस्तै १ लाख २५ हजार पाउन्ड अर्थात् साढे २ करोड रुपैयाँभन्दा धेरै कमाउनेहरूले तीन वर्षपछि आवेदन दिन सक्नेछन् । अरू सबैका लागि १० वर्षे प्रक्रिया लागू हुनेछ । बेलायतमा मध्यक तलब झन्डै ३९ हजार पाउन्ड अर्थात् झन्डै ८० लाख रुपैयाँ रहेको छ ।
संशोधित योजनाअन्तर्गत हेरचाहसम्बन्धी काममा संलग्न व्यक्तिहरूले आफ्नो भिसाका शर्तहरू पूरा गरेको खण्डमा र वार्षिक कम्तीमा २५ हजार पाउन्ड अर्थात् ५० लाख रुपैयाँभन्दा धेरै कमाउने भएमा पाँच वर्षपछि स्थायी रूपमा बसोबास गर्न पाउनेछन् ।
सरकारको अनुमानअनुसार सन् २०२६ देखि २०३० को बीचमा कुल १४ लाख जनासम्मले स्थायी बसोबासको मान्यता प्राप्त गर्नेछन् ।

आज हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना
नवलपुर,कात्तिक १७ । आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ । साथै हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको

झण्डै १० करोड अवैध सम्पत्ति कमाएको आरोपमा नासुविरुद्ध मुद्दा दायर
नवलपुर,कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहितका ६
2026-11-03-08-16-16.jpeg)
सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन
नवलपुर,कात्तिक १७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का







प्रतिकृया दिनुहोस