-->

झण्डै १० करोड अवैध सम्पत्ति कमाएको आरोपमा नासुविरुद्ध मुद्दा दायर

Nawalpurfm

नवलपुर,कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहितका ६ जनाविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

भूमिसुधार विभागअन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको मर्यादाविपरीत कार्य गरी आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ ।

आयोगले आचार्यसहित श्रीमती र अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । आचार्यले २०५४ साल माघदेखि सरकारी सेवामा प्रवेश गरी विभिन्न सार्वजनिक पदमा रहँदा २०८० साल मंसिर २१ गतेसम्मको अवधिमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

खोटाङको जिल्ला विकास समितिको कार्यालयमा गाविस सचिवका रुपमा आचार्य सरकारी सेवामा प्रवेश गरेका थिए । आयोगका अनुसार यो अवधिमा आचार्य तथा एकाघर परिवारका सदस्यको वैधानिक आयतर्फ पारिश्रमिक, तलबभत्ता, श्रीमतीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा, कृषि आय र ब्याज आम्दानीलगायतका स्रोतबाट कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ आम्दानी भएको देखिएको छ ।

तर यो अवधिमा जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद तथा बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीलगायतका शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।

आम्दानी र खर्चबीचको अन्तर विश्लेषण गर्दा आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगको दाबी छ । आयोगले यो सम्पत्ति आचार्यले आफ्नी श्रीमती ललिता राजभण्डारी तथा अन्य परिवारका सदस्यको नाममा राखेको र विभिन्न व्यक्ति तथा कम्पनीमार्फत सम्पत्ति खरिदबिक्री तथा लगानी गरेको जनाएको छ ।

त्यस्तै, आपराधिक गतिविधिबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति स्थापना, तहकीकरण र एकीकरणसमेत गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने

नवलपुर,कात्तिक १७ । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास ९पीआर० को योग्यता

Nawalpurfm

आज हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

नवलपुर,कात्तिक १७ । आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ । साथै हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको

Nawalpurfm

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

नवलपुर,कात्तिक १७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का

↑