सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन
नवलपुर,कात्तिक १७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल शुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
सरकारले यसअघि राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटि भएको पाइएपछि ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।
आयोजनाको प्राविधिक प्रस्ताव स्वीकृत भई हिजो सोमबार आर्थिक प्रस्ताव खोल्ने कार्यतालिका तय भइसकेको अवस्थामा कानुनी व्यवस्थाको पालना नभएको देखिएपछि सरकारले शुक्रबार खरिद प्रक्रिया नै रद्द गरेको थियो ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा। जगदीश्वर कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल र आयोजनाका इन्जिनियरहरुको सहभागिता थियो ।
आयोजना अनुगमन गर्न सिराहा पुगेका विभाग महानिर्देशक रजौरिया र सुनकोशी–मरिण परियोजना प्रमुख रिजाललाई बिहीबार प्रधानमन्त्रीको सचिवालयबाट भएको निर्देशनअनुसार नियन्त्रणमा लिएर काठमाण्डौ ल्याइएको थियो ।

बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने
नवलपुर,कात्तिक १७ । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास ९पीआर० को योग्यता

आज हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना
नवलपुर,कात्तिक १७ । आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ । साथै हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको

झण्डै १० करोड अवैध सम्पत्ति कमाएको आरोपमा नासुविरुद्ध मुद्दा दायर
नवलपुर,कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहितका ६







प्रतिकृया दिनुहोस