-->

रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा

Nawalpurfm

नवलपुर,कात्तिक १८ । सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली ९ई–जीपी० सञ्चालनमा आएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचनामार्फत् रोकिएको विद्युतीय खरिद प्रणाली ९ई–जीपी० नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।

कार्यालयले सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र ई–जीपी प्रणालीमार्फत प्रकाशन गर्न समेत निर्देशन दिएको छ ।

यसअघि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम भेटिएपछि गएको भदौ ११ गतेदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ सूचना प्रकाशनको काम रोकिएको थियो ।

यो प्रणालीको विकल्पमा नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

नयाँ प्रणाली कार्यान्वयनसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरिएको समेत जनाएको छ । कार्यालयले सबै सार्वजनिक निकायलाई निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ प्रणालीबाट मात्रै प्रकाशन गर्न भनेको छ ।

बोलपत्र पेस गर्ने प्रक्रियामा भने अनलाइनसँगै हार्डकपीको विकल्पसमेत खुला राखिएको छ । सार्वजनिक निकायले बोलपत्रदाता तथा आपूर्तिकर्तालाई तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित कार्यालयमै हार्डकपीमार्फत प्रस्ताव दाखिला गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिजो छुटेकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

नवलपुर,कात्तिक १८ । बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि आज पनि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन

Nawalpurfm

बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने

नवलपुर,कात्तिक १७ । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास ९पीआर० को योग्यता

Nawalpurfm

आज हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

नवलपुर,कात्तिक १७ । आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ । साथै हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको

↑