-->

दानबहादुर कार्कीलाई कारबाही गरिएको होइनःसरकारका प्रवक्ता

Nawalpurfm

नवलपुर, कात्तिक १८ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताउनुभएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ आईजीपी नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीका रूपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।’

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

यस्तै प्रवक्ता पोखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले लगेको हो ? भनी सञ्चारकर्मीले सोधेको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । यो विषय बाहिर आएको हल्ला मात्र भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन । बाहिर आएको हल्ला हो । यदि रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ ।’

प्रतिकृया दिनुहोस
Nawalpurfm

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन

नवलपुर, कात्तिक १८ । सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ । संसदीय समितिको बैठकमा

Nawalpurfm

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

नवलपुर, कात्तिक १८ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको छ । यसअघि

Nawalpurfm

हिजो छुटेकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

नवलपुर,कात्तिक १८ । बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि आज पनि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन

↑